back

सार्वजनिक–निजी साझेदारीमा पहिलो पटक प्रसारण लाइन निर्माण हुने

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता भएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा उक्त सम्झौता भएको हो।

ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२०/१३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ । आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ ।

प्रसारण लाइन निर्माणमा यसअघि सरकारले मात्र लगानी गर्दै आएको थियो । अहिले भने पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको हो । यो आयोजनामा निजी क्षेत्रका पाँच जलविद्युत् कम्पनीले स्वपूँजी लगानी गर्नेछन् ।

यो प्रसारण लाइन निर्माण गर्न आवश्यक ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिसकिएको छ । निर्माणअघिका सबै काम पूरा भइसकेको ग्रिड कम्पनीले जनाएको छ । जसअनुसार रेमिट हाइड्रोलाई १० प्रतिशत, सिम्बुवा रेमिट हाइड्रो ९, क्रिस्टल पावर डेभलपमेन्ट ४२, युनियन हाइड्रोपावर ८ र नेपाल हाइड्रो भेन्चरलाई ५ प्रतिशत तोकिएको छ ।

त्यसैगरी आयोजनाको मुख्य आयस्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज हुने र सोही आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफारनोक्सान सेयरधनीले बेहोर्ने अवधारणा बनाइएको छ ।

आयोजना निर्माण गर्न एचआईडीसीएलले ऋण लगानी गर्ने र यसका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एचआईडीसीएलबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

हाल आयोजनाको ७४ प्रतिशत सेयर विद्युत् उत्पादक कमपनी र बाँकी २६ प्रतिशत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव कायम गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

वि.सं.२०८३ असार २३ मंगलवार १२:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन...

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

वि.सं.२०८३ असार २२ सोमवार १०:३१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

वि.सं.२०८३ असार २० शनिवार २१:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि...