back

प्रधानमन्त्री ओलीले भने, कल्पनै गर्न गाह्रो काम ललितपुरले गर्‍यो

शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्यको प्रशंसा गरेका हुन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए । इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ ।

उक्त प्रविधिबारे प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दुई चार वर्षअघि सम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट । शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो ।’

उनले कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको भन्दै देश जहाँको त्यही नभएको पनि बताए । ‘यो त कल्पनै गर्न गाह्रो थियो । ललितपुर महानगरले हिजो सुरु गरिसकयो । अर्थात् हामी अगाािड बढिसक्यौं । अवस्था जहाँको त्यहीँ छैन, ।’

लाइट जडान गरेको नमुना पावर ग्रेड जेभीले सुरुमा १ सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख चिरिबाबु महर्जनले बताएका छन् ।

कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...