back

पर्यटन व्यवसायीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली पर्यटन व्यवसायीहरूको लागि छ(महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम पुस १ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सम्पन्न यो तालिम कार्यक्रम नेपालका पर्यटन व्यवसायीहरूलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो।

यस वर्षको कार्यक्रममा जम्मा १०० जना सहभागी भर्ना भएका थिए, जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भए। प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिक्मत सिंह ऐयरले कार्यक्रममा बोल्दै भाषा दक्षताको महत्त्वलाई जोड दिए। उनले भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार हो भने । यसखाले कार्यक्रमहरूले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउँछ।

यस अवसरमा चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमको प्रशंसा गरे।

NCCEC का अध्यक्ष डा. हरिशचन्द्र शाहले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबै प्रशिक्षार्थी, प्रशिक्षक र सहकार्य संस्थाहरूलाई धन्यवाद दिए।

नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरूलाई विभिन्न विषयमा नियमित रूपमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ, भाषा सीप, डिजिटल प्रवर्धन, प्रकृतिमा आधारित पर्यटन र आतिथ्य व्यवस्थापन प्रमुख छन्।

कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐयर, चिनियाँ दूतावासका मिशन उपप्रमुख श्री वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...