बसन्तपुरमा मनाइयो राष्ट्रिय झण्डा दिवस
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेको हो ।
२०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगिकृत गरिएको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रुपमा मनाउने गरेको छ ।
पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने मत प्रतिष्ठानको छ ।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।
प्रकाशित समय : ११:५४ बजे





















