सञ्चारमन्त्री गुरुङले भने, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै विदेशी ऋण लिन्छौं
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेश तथा विदेशी एजेन्सीहरूसँग नेपालले ऋण लिँदा नेपालको राष्ट्रिय स्वार्थमा आधारित भएर लिनुपर्ने बताए ।
गोरखापत्र संस्थान अन्तर्गतको अंग्रेजी संस्करण ‘द राइजिङ नेपाल’को वार्षिकोत्सवको अवसरमा सोमबार मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले कतिपय अवस्थामा बाहिरका देश तथा एजेन्सीहरूले ऋणका लागि आफ्नै सर्त र स्वार्थ अगाडि सार्ने भए पनि नेपालले भने आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर ऋण लिनु आवश्यक रहेको बताएका छन् ।
मन्त्री गुरुङले भने, हालको अवस्थामा नेपालले सहुलियतपूर्ण ऋण लिँदा लामो समयदेखि थाती रहेका पूर्वाधार संरचनालाई सम्पन्न गर्नका लागि ऋण लिनु आवश्यक रहेको छ ।
विदेशी निकायले विभिन्न शीर्षकमा ऋण दिने गरे पनि नेपाल सरकारले आफ्नो राष्ट्रिय स्वार्थलाई नै केन्द्रमा राखेर मात्रै ऋण लिने गरेको उनले बताए ।
प्रकाशित समय : १२:२५ बजे





















