back

बुधबार २७५० अंकमा झर्‍यो शेयर बजार

काठमाडौं । कारोबार हुने साताको चौथौ दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन हिजो मंगलबार ८ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ९६ हजार ६७७ पटकको कारोबारमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरका २ करोड ३ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्।

बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशतले घटेको छ । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढेको हो ।

कारोबार रकमका आधारमा यस दिन जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २९ करोडको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युतको करिब २७ करोडको शेयर किनबेच भएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...