साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै गरिमा विकास बैंक
वि.सं.२०८१ मंसिर १६ आइतवार
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ६० हजार ८२.४३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
जसमध्ये दुई लाख ५१ हजार ९५२.११ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुकले आजबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
सो अवधिसम्म संस्थापकहरुबाट शयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १४:०० बजे






















