केएल टावरको रमाइलो दशैं तिहार उपहार योजना स् शेर्पाले पाए हिरोको जुम स्कुटर
वि.सं.२०८१ मंसिर १६ आइतवार
काठमाडौँ । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।
शनिबार आयोजित समारोहका बीच विजेताहरूलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । गत असोज १३ गतेदेखि कार्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर ६९३९ का फुर्वा सेर्पाले जितेका छन् । सेर्पालाई सिजी मोटर्स प्रालि हिरोका सिनियर म्यानेजर प्रदीप पालले स्कुटरको चाबी हस्तान्तरण गरे ।
उपहार योजना अन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिइएको थियो ।
यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरुलाई उपहार हस्तान्तरण गरेका थिए ।
केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।
सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे २ लाख उपभोक्ता पुगेकामा १७ हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।
बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका सिनियर म्यानेजर पालले ब्रान्ड प्रवद्र्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको बताए ।
प्रकाशित समय : १३:५१ बजे





















