आज देखि लिबर्टी ईनर्जीको हकप्रद शेयर बिक्री खुला
वि.सं.२०८१ मंसिर १६ आइतवार
काठमाडौं । लिबर्टी ईनर्जी कम्पनीले हकप्रद शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले आज देखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कार्तिक २१ गते बुक क्लोज गरेको थियो ।
कम्पनीको हकप्रद शेयरमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
प्रकाशित समय : ११:१५ बजे





















