back
himalayan life

एनआईसी एशिया बैंकको आकर्षक क्यासब्याक सहितको ‘उत्तरदायी बनौं, मोबाईल बैंक गरौं’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, मोबाइल बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।

डिजिटल फस्र्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेलफ हेल्प बैंकिङ्गको अभ्यासलाई एनआइसी एशिया मोबाइल बैंक प्लाटफर्ममार्फत अघि बढाईरहेको छ ।

जसअनुसार ग्राहकहरूले एनआइसी एशिया मोबाइल बैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसिरएनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नुहुनेछ ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले  iServe प्लाटफर्मको विकास गरी एनआइसी एशिया मोबाइल बैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस  iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन–पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र क्ष्लकतब द्यगथ) ग्राहकहरूले सरल तरिकाले लिन सकिने छ ।

बैंकको एनआइसी एशिया मोबाइल बैंक एप प्रयोग नगरेका ग्राहकहरूले प्ले स्टोर वा एव स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्ता समेत गर्न सक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढि भन्दा बढी ग्राहकहरूलाई सहभागी गराउनका लागि प्रवद्र्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम २५० सम्म तथा  iServe मार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म नगद फिर्ताको जोजना कार्यान्वयन गरिरहेको छ । साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत ग्राहकहरूले एनआइसी एशिया मोबाइल बैंक एपबाट QR कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...