मानुषी लघुवित्तको नाफा १२६.६३ प्रतिशतले बढ्यो

वि.सं.२०७८ जेठ ३ सोमवार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२६.६३ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ र जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२.७९ रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ६.०५ प्रतिशत छ ।
यस अवधिमा कम्पनीको निक्षेप संकलन ६२ करोड २२ लाख रुपैयाँ गरेको छ । यस अवधिमा कम्पनीले ३७ करोड ३२ लाख रुपैयाँ सापटी लिएर ९८ करोड ११ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशतले बढेर ६ करोड ८ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद ब्याज ४ करोड ९९ लाख ९२ हजार रुपैयाँ गरेको थियो ।
२०७८ जेठ ३ गते प्रकाशित

प्रकाशित समय : ०८:२४ बजे