नेप्से परिसूचक १५.८३ अंकले बढ्यो, कारोबार ६ अर्ब ३४ करोड
वि.सं.२०८१ मंसिर १० सोमवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, परिसूचक आज १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ।
त्यस्तै,आज सेन्सेटिभ इण्डेक्स १.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।
आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।
सोमबार १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्र्यटन समूहको १.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ ।
प्रकाशित समय : १५:२१ बजे





















