back

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन बताए । सोमवार धरहरा परिसरमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट संघलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरुसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए । उनले क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभइ हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको छ । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरुले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहीँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरु क्रिकेट चाहीँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ति योर्करहरुलाई कसले भुल्नसक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमा मलाई स्मरण छ । एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । एनपिएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष एनपिएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ ।’ प्रधानमन्त्री ओलीले सबै टिमहरुलाई शुभकामना दिए ।

एनपिएल नेपाली क्रिकेटको प्रतिष्ठित प्रतियोगिता हो, जसले देशभरका उत्कृष्ट खेलाडीहरूलाई एकसाथ खेल्न र आफ्नो प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गर्दछ। ट्रफी सार्वजनिक कार्यक्रमले प्रतियोगिताको महत्त्वलाई अझ उजागर गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...