गार्डियन माईक्रो लाईफले पायो आईपीओ निष्काशन गर्ने अनुमति
वि.सं.२०८१ मंसिर १० सोमवार
काठमाडौं । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डले स्वीकृती दिइएको छ ।
कम्पनीले मंसिर ७ गते सार्वसाधारणलाई शेयर बिक्री गर्ने धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले कुल पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति प्राप्त गरेको हो ।
कम्पनीले आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्यका लागि शेयर बिक्री प्रवन्धकमा कुमारी क्यापिटलाई नियुक्त गरेको छ ।
प्रकाशित समय : १२:५७ बजे





















