back

सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेसलाई मध्यमस्तरिय करदाता कार्यालयद्वारा सम्मान

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ ।

गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान गरेकी हुन् ।

सम्मानका क्रममा कार्यालयको तपर्mबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदीन कार्यालयको तपर्mबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो ।

सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागि अनुरोध समेत गरे ।

साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद समेत व्यक्त गरे ।

मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...