back

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १३.०३ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  आइतबार नेप्से परिसूचक १३.०३ अंक घटेर २६६७.४० विन्दुमा बन्दा भएको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज १ करोड ५२ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, आज ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी छ ।

कारोबारमा आएको सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ७.७५ प्रतिशत घटेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...