back
himalayan life

निर्धन उत्थान लघुवित्तद्वारा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको छ ।

लघुवित्तले समयमै ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।

संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो।

यसअघि पनि कार्तिक ९ गते र १४ गते कम्पनीले १२५ जनाको नाम सार्वजनिक गरेको थियो । संस्थाले ऋणीहरूलाई ३५ दिनको समयसीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचना जारी गरेको छ।

लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार, ऋणीहरूले लिएको ऋण धितो सुरक्षा राखेर वा सामूहिक जमानीमा प्राप्त गरेका थिए। तर, ऋणीहरूले लिएको ऋणको साँवा, ब्याज र अन्य सम्बन्धित रकम समयमै नतिर्दा, यसले संस्थाको सर्त उल्लङ्घन गरेको बताइएको छ।

समयमा भुक्तान नगरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने र धितोमा रहेका चल अचल सम्पत्तिहरू लिलाम विक्री गरी रकम असुली गरिने चेतावनी दिएको छ।

यदि ३५ दिनभित्र नतिरेको खण्डमा ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो लेना रकम असुल गरिने बताइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...