छ्याङदी हाईड्रोपावरले बोलायो साधारणसभा
वि.सं.२०८१ मंसिर ५ बुधवार
काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले आगामी पुस ५ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले २ आर्थिक वर्षको सभा एकैपटक बोलाएको हो। कम्पनीले आफ्नो दशौं र एघारौं वार्षिक साधारणसभा पुस ५ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेबाट सुरु गर्ने जनाएको छ।
सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते गते बुक क्लोज गर्ने भएको छ भने मंसिर २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन् ।
प्रकाशित समय : १३:२१ बजे






















