९ अकंले बढ्यो शेयर बजार, घट्यो कारोबार
वि.सं.२०८१ मंसिर ५ बुधवार
काठमाडौं । बुधबार शेयर बजार ९ अंकको वृद्धि भएको छ । आज २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच नेप्से परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ ।
बुधबार १४३ कम्पनीको शेयर मूल्य बढेको छ । ८९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १ करोड ५४ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै आज फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटेको छ ।
त्यसैगरी, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
प्रकाशित समय : १५:३० बजे





















