back

आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले आजदेखि ४० मेगावाट बिजुली बंगलादेशमा निर्यात सुरु गरेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र बिजुली निर्यात हुनेछ ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ ।

त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।

हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा ९६.४ अमेरिकी सेन्ट का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।

नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

वि.सं.२०८३ असार २८ आइतवार १७:३५

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा...

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

वि.सं.२०८३ असार २३ मंगलवार १२:५३

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४...

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

वि.सं.२०८३ असार २३ मंगलवार १२:४३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन...

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

ऊर्जा मन्त्रालयका १०० दिन : नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्मका उपलब्धि

वि.सं.२०८३ असार २२ सोमवार १०:३१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

वि.सं.२०८३ असार २० शनिवार २१:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि...