back

युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ, सञ्चित नाफा ५ अर्ब २८ करोड पुग्यो

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

असोजसम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कस्ट अफ मेट्रियल कन्जम्ड १ अर्ब २ करोड ५१ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड ७७ लाख रुपैयाँ, वित्तीय खर्च ९० लाख रुपैयाँ गरी कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ थियो ।

गत वर्षको तीन महिनामा १२ करोड ८ लाख रुपैयाँ कर खर्च छट्याएको कम्पनीले यसपटक ११ करोड ६८ लाख रुपैयाँ छट्याएको छ ।

९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष सञ्चित नाफा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५७२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २५० गुणा छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रुहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...