back
himalayan life

साहस उर्जाले ३ महिनामा कमायो ४० करोड नाफा

 

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १६.०७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने २।९३ प्रतिशतले घट्दै ८६ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्तीय खर्च पनि ३२ करोड ८९ लाखबाट घटेर २३ करोड ४० लाख कायम भएको छ । कम्पनीको रिजर्भको आकार २ अर्ब ४९ करोडबाट बढेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । तिन अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड जम्मा रहेको छ ।

कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.४५ रुपैयाँ, पीई रेसियो १०.६० गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...