back
Naima

प्रभू महालक्ष्मीको नाफा २५.५४ प्रतिशत वृद्धि, इपिएस पनि बढ्यो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सावर्जनिक भएकोविवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीको खुद नाफा २५.७४ प्रतिशत वृद्धि भई १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत वृद्धि भई १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड ८१ लाख र कुल खर्च पनि १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीको खुद दावी भुक्तानी पनि १२.२७ प्रतिशत बढेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब १५ करोड १४ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) पनि बढेर १०.६९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख छ । कम्पनीको महाविपत्ति कोषमा भने ९ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...