साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंकले घट्यो, कारोबार कति ?

वि.सं.२०८१ कात्तिक ११ आइतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा रोकिएको छ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।
नेप्से घटेपनि आज चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन, रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबारमा आएको नेपाल एसबिआई बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.७९ प्रतिशत घटेको छ। कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
आज ३२० स्टकको ५६ हजार ६४६ पटक कारोबार हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमाआज आईसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज नेपाल एसबिआई बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १९ करोडको शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । त्यसैगरी जीवन बीमा उपसमूहको परिसूचक १.१५ प्रतिशत बढेको छ । साथै वित्त उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.३० प्रतिशत घटेको छ।

प्रकाशित समय : १६:१० बजे