back

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा रोकिएको छ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

नेप्से घटेपनि आज चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन, रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबारमा आएको नेपाल एसबिआई बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.७९ प्रतिशत घटेको छ। कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।

आज ३२० स्टकको ५६ हजार ६४६ पटक कारोबार हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमाआज आईसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको  ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज नेपाल एसबिआई बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।  सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १९ करोडको शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । त्यसैगरी जीवन बीमा उपसमूहको परिसूचक १.१५ प्रतिशत बढेको छ । साथै वित्त उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.३० प्रतिशत घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...