सुनको भाउ फेरि उच्च विन्दुमा, तोलाको कति पुग्यो ?
वि.सं.२०८१ कात्तिक ११ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार कारोबार दिन सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । उक्त दिन सुनको भाउ १४०० रुपैंयाले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य १५ रुपैंयाले बढेको छ । उक्त दिन चाँदी प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय : ११:२१ बजे






















