back

शेयर बजारका सबै सूचक बढ्यो, कारोबार कति ?

काठमाडौं । आज नेपाली बजारमा नेप्से परिसूचक २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा बन्दा भएको छ । पछिल्ला दुई कारोबार दिनमा करिब ४ प्रतिशत घटेर बन्द भएको नेप्से, यस दिन भने करिब १ प्रतिशत बढेर बन्द भएको हो।

मंगलबार सेन्सेटिभ इण्डेक्स ४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ। त्यस्तै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

आज कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। त्यसैगरी गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, कुमारी बैंकको करिब १४ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...