back

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ उठाउने भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको जानकारी दिएको हो ।

यसअघि गत हप्ताको बुधबार मात्रै ४० अर्ब रुपैयाँ उठाएको राष्ट्र बैंकले आज पुनः १ खर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आज साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ ।

न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५१ खर्ब ९९ अर्ब रुपैयाँ छ ।

अर्थात् निक्षेप र कर्जा प्रवाहबीचको फरक १३ खर्ब बढीको छ । हाल वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा ४५ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा प्रवाह भएको देखिन्छ ।

लगातार बढिरहेको तरलताका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगातार रकम प्रशोचन गरिरहेको देखिन्छ ।

भदौका महिनामा हालसम्म मात्रै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ४० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...