back
himalayan life

सहकारी क्षेत्रको कडा नियमन गर्न खोज्दैछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको र अब प्रभावकारी नियमनका लागि पनि काम गरिरहेको बताएका हुन् ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताए ।

‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषदमा लिँदैछौं,’ उनले भने ।

मन्त्री अधिकारीले सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताए । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।

‘अर्थतन्त्रको तीन खम्बा मध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्छ’, उनले भने, ‘अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ । सहकारीप्रति अहिले भ्रम फैलाइएको छ, त्यसलाई हामीले चिर्नुपर्ने छ ।’

प्छिल्लो समय जनमानसमा सबै सहकारी खराब छन् भन्ने हल्ला र भ्रम फैलाइएको मन्त्री अधिकारीको भनाइ छ । ‘सहकारीमा एकै प्रकृतिका मानिस छैनन् । कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्’, सबैको स्वार्थ एउटै छैन,’ मन्त्री अधिकारीले भने ।

यस्तै, कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए । सहकारीका विषयगत संघ÷संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

‘सहकारी क्षेत्र नै संवेदनशील अवस्थामा छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनु पर्छ,’ उनले भने, ‘ऐन नियम विपरित काम भएका भए पत्रकारले बाहिर ल्याउनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका विषय बाहिर ल्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले पत्रकारलाई सत्यलाई सत्य र असत्यलाई असत्यका भनेर समाचार सामग्री सम्प्रेष गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारी अभियानबाट केही कमीकमजोरी भएको बताउँदै अब यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले सरकार, अभियान र सञ्चार क्षेत्रले सहकार्य गरर अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी क्षेत्रमा कलम चलाउने सिमित पत्रकारहरूको प्रयासबाट स्थापना भएको सीजेएनमा वर्सेनि सदस्यहरू बढ्दै गइरहेको बताउँदै संस्थाले गर्ने गतिविधिमा पनि गुणात्मक विकास र विस्तार हुँदै गएको बताए । संस्थाले विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यक्रम, पत्रकारिता तालिम, समसामयिक विषयवस्तुमाथिको छलफल लगायत कार्यक्रमहरू आयोजना गरेर सदस्यको कलम तिखार्ने काम सीजेएनले गरिरहेको उनको भनाइ छ ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईंले सहकारी पत्रकार समाजले सहकारी क्षेत्रमा भएका विकृति तथा विसंगतिमा कलम चलाउन आफ्ना सदस्यलाई उत्प्रेरि गराएर ठूलो योगदान गरेको बताए । आगामी दिनमा पनि यो क्षेत्रलाई व्यवस्थित बनाउन अझ सशक्त भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका सभापति तथा सीजेएनका अध्यक्ष काजी श्रेष्ठले वि.सं. २०६८ साल भाद्र १९ गते स्थापित सीजेएन आज एउटा परपक्व र परिचित संस्थाका रूपमा स्थापित रहेको जानकारी गराए । उनले आफ्ना सदस्यहरूको सिप विकास तथा क्षमता अभिवृद्धि गर्दै सहकारीलाई एउटा प्रमुख बिटका रूपमा स्थापित गराउनका लागि संस्थाले ठूलो योगदान र भूमिका खेल्दै आएको धारणा राखे ।

कार्यक्रममा समाजले सहकारीको पुरुत्थान विषयमा सीजेएन स्मारिका पनि विमोचन गरेको छ । समाजले आफ्नो १४औं स्थापना दिवसको अवसरमा ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ अनलाइन खबरका पत्रकार विजय पराजुलीलाई प्रदान गरेको छ । पराजुलीले २५ हजार रुपैयाँ राशीको पुरस्कार पाएका छन् ।

यस्तै, समाजको १४औं स्थापना दिवसमा संस्थापक सम्मानबाट पत्रकार मदन कोइराला सम्मानित भएका छन् । कोइराला डिसी नेपालमा आवद्ध छन् ।

कार्यक्रमको सञ्चालन सचिव सन्तोष रोकायाले गरेका थिए भने कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष अर्जुन खतिवडाले गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...