back

नेप्से दोहोरो अंकले घट्यो, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.६३ अंक घटेर २६९५.९३ अंकमा बन्द भएको छ ।

३ हजार बिन्दुमा पुगेको बजार घटेर १ महिनापछि २७ सय बिन्दु तल झरेको हो । यस अघि गत साउन २२ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो ।

आइतबार २२७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबरकको कारोबार भएको छ ।आज म्युचुअल फण्डबाहेक अधिकांश समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८० प्रतिशत बढेको हो । बैंकिङ समूह २.३४ प्रतिशत, विकास बैंक समूह १.८५ प्रतिशत, फाइनान्स समूह ३.४४ प्रतिशत, होटल तथा पर्यटन समूह २.९८ प्रतिशत, जलविद्युत समूह २.४० प्रतिशत, लगानी समूह १.३३ प्रतिशत, जीवन बीमा समूह १.४४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.८० प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत घटेको छ । यस्तै निर्जीवन बीमा समूह १.२३ प्रतिशत, अन्य समूह १.०४ प्रतिशत र ०.१९ प्रतिशत घटेको छ ।

राताम्य बजारमा सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर १ हजार ५६ रुपैयाँ पुगेको छ । यस्तै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ८.७३ प्रतिशतले घटेको छ । तर, पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको सेयर मूल्य १० प्रतिशत घटेको छ ।

यस्तै थ्रीस्टार हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत, उपकार लघुवित्तको ९.९१ प्रतिशत र नेपाल फाइनान्सको ९.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँ, अपि पावरको २६ करोड ७१ लाख रुपैयाँ र अरुण भ्यालू हाइड्रोका २१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बजार पुँजीकरण ४२ खर्ब ८१ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । अघिल्लो कारोबारको आधारमा आइतकार लगानीकर्ताको पोर्टफोलियो ८५ अर्ब १८ करोड ९० लाख रुपैयाँ घटेको देखिन्छ । यसअघि अघिल्लो दिन बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...