back

बागमती प्रदेशको राजस्व संकलनमा वृद्धि (तथ्याङ्क सहित)

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ । प्रदेश सरकारको राजश्व संकलन एकै वर्ष झन्डै ५ प्रतिशत वृद्धि भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा २५ अर्ब ५० करोड ४२ लाख संकलन भएको हो ।

अघिल्लो आव २०७९-८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व संकलन गरेको थियो । तर, ग आव २०८०-८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व संकलन भएको बताए । तर, घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन करमा केहि कमी आएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचे जस्तो राजस्व सङ्कलन नभएको उनले बताए । यद्यपि तुलनात्मक रुपमा गत आर्थिक वर्ष भन्दा ४ दशमलव ७२ प्रतिशत भएको बताए । यसलाई सन्तोषजनक मान्नुपर्ने उनको भनाई छ।

विशेषत प्रेदशमा घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रुपमा चलायमान भएको उपाध्यायको भनाई छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट गत आवमा १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएको थियो । तर, ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको छ ।

यस्तै, घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् ५ अर्ब ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...