back

नाडा अटो शो २०२४: नेपाली बजारमा ४१०-६२० किमि रेन्ज भएका स्काईवेलका ईभी कार सार्वजनिक, कति छ मूल्य ?

काठमाडौँ । आज मङ्गलबार देखि काठमाडौँको भृकुटीमण्डपमा अटो मोबाइल क्षेत्रको कुम्भ मेलाको रूपमा परिचित नाडा अटो शो २०२४ सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको मेलामा विद्धुतिय सवारीसाधनको भिड लागेको छ।

नाडा अटो शो मा चिनियाँ विद्युतीय कार निर्माता कम्पनी स्काईवेलले नाडा अटो शोलाई लक्षित गरेर विशेष छुट सहितको मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले आज मङ्गलबारदेखि भृकुटीमण्डप सुरु भएको नाडा अटो शो अवधिभरका लागि भन्दै आफ्ना तीन ओटा मोडेलका ईभीको मूल्य सार्वजनिक गरेको हो ।

‘स्काइवेल’को आधिकारिक विक्रेता जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालका  अनुसार नेपालमा भएका विद्युतीय गाडी (ईभी) मध्ये एकचोटि चार्ज गर्दा सबैभन्दा लामो दुरीसम्म गुड्ने दाबी गरिएको गाडी हो ‘स्काइवेल’नै हो । उनी भन्छन्,अटोप्रेमीले यस मेलामा नयाँ मोडेल, प्रविधि र अटो क्षेत्रका नवीनतम प्रवृत्तिको खोजी गर्न सक्छन् । साथै नयाँ ब्रान्डबारे जानकारी लिन तथा वित्तीय विकल्पबारे समेत प्रदर्शनीबाट लाभ उठाउन सक्छन् ।

त्यस्तै ,अटो शोमा नियमितसँगै १२ नयाँ ब्रान्डका सवारीसाधन पहिलो पटक सार्वजनिक भएका छन्। यो सो ६ दिनसम्म चल्ने छ। यस अवधिमा २४ वटा चार–पाङ्ग्रे ब्रान्ड सहभागी छन्।

प्रदर्शनमा हालै नेपाल भित्रिएर कार पारखीहरूमाझ लोकप्रिय बन्दै गएको स्काइवेलसँगै अन्य ब्रान्डका विद्धुतिय कारहरू समेत प्रदर्शनमा राखिएको छ।सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने कमर्सियल भ्यान, माइक्रो बस, २५ लाखदेखिका विध्धुतिय कार, दुई पाङ्ग्रे सवारीसाधनहरू मेलामा राखिएका छन्।

“शोमा हलुका व्यावसायिक गाडीसहित विभिन्न ५५ ब्रान्डका गाडी प्रदर्शनीमा सहभागी छन् ।”

त्यस्तै , गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् । शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्था मेलामा सहभागी छन् । हरेक वर्ष आयोजना हुने यो सवारीसाधन मेलामा बैंकहरूले समेत सवारी कर्जाको आकर्षक अफर प्रस्तुत गर्दै स्टल राख्दै आएका छन् ।

गाडी खरिद गर्न चाहनेलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितका कर्जा योजना ल्याएका छन् । सोही अनुसार बैंकले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारीका लागि फरक–फरक अफर ल्याएका छन् ।

त्यस्तै , शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन् । यस वर्ष शोमा बैंकहरूका आठ स्टल छ भने एउटा बीमा कम्पनीको स्टल छ । अटो शो १६ भदौसम्म चल्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...