नेप्सेमा ८१ हजार ७६८ कित्ता बोनस सेयर सूचिकृत
वि.सं.२०८१ भदौ ११ मंगलवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस बापतको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रकाशित समय : १२:५४ बजे





















