back

हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ,केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ : प्रधानमन्त्री ओली

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए । यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।

“हामीले प्रविधि, सीप र पुजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन ।”, उनले भने, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।”उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्र ढकाललगायत सहभागी कार्यक्रम दुई दिनसम्म चल्लेछ ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...