back
nactional

मुक्तिनाथ विकास बैंकले चापाकोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट क्याम्पस बीच वित्तीय साक्षरता लगायतका विभिन्न अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा कम्पनीका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझ्दारी ५ वर्ष अवधिसम्म कायम रहने कम्पनीका क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।

सो अवसरमा कम्पनीको चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यक्तित्वहरु सितारम गैहे्, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल,प्रेमचन्द् भट्टराई, उप प्राध्यापकलगायतको उपस्थिति थियो ।

कार्यक्रम क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सिमित गर्ने अर्थ समितिको निर्णय

वि.सं.२०८३ भदौ ४ बिहीवार १८:०२

काठमाडौं । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी...

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:५७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आउन लागेका ठूला चाडहरु तीज,...

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका नेतृत्वमाथि मुद्दा चलाइएकोमा सिबिफिनको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:५९

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४०

काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...