back

साना किसान विकास लघुवित्तको नाफा बढ्यो, अन्य सुचक कस्ता ?

काठमाडौं । साना किसान विकास लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा लघुवित्तले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७७ प्रतिशत बढी हो।

लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपयाँ ९५ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ।

३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३८ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशत बढेको छ। लघुवित्तको निष्कृय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...