back

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले बीमकको जमानीमा सञ्चालक र शेयरधनीलाई कर्जा दिलाउन रोक लगाउने प्रावधानसहित बीमा ऐन २०२० मा संशोधन गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको संशोधन मस्यौदामा बीमक(बीमा कम्पनी) ले आफ्नो सम्पत्तीको धितोमा कम्पनीका सञ्चालक, शेयरधनी, उनीको परिवारजन वा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाबाट ऋण दिलाउन नपाउने प्रावधान मस्यौदामा समेटेको छ।

स्थानीय अखबार द डेली स्टारका अनुसार आइडीआरएले बीमा कम्पनीको सञ्चालनलाई सुव्यवस्थित गर्नका लागि अन्य कानूनसँग बाझिएका केही प्रावधानहरुमा समेत संशोधन गरेको छ।

यसैगरी आइडिआरएको स्वीकृति लिएर बीमकले आफ्नो कारोबार आकारको आधारमा उचित संख्यामा एक्च्युअरी(बीमांकी) नियुक्त गर्नुपर्नेछ।

बीमांकीको योग्यता, जिम्मेवारी, आर्थिक लाभ र अन्य शर्तहरू नियामक निकायले निर्धारण गर्नेछ।

प्राधिकरणले बीमा क्षेत्रको विकास, सुशासन सुधार गर्न र बीमितको हित रक्षा गर्ने प्रयासको रुपमा बीमा ऐन २०१० लाई संशोधन गर्न लागिएको जानकारी दिएको छ।

प्राधिकरणले कूल १६० खण्ड भएका बीमा ऐनको कुल ५० खण्डमा कुनै न कुनै परिमार्जन गरेको छ।

संशोधन सहितको कानूनको मस्यौदा आईडीआरएको वेबसाइटमा मार्च २८ मा प्रकाशित गरिएको थियो।

आइडिआरएले अप्रिल २४ सम्ममा प्रस्तावित परिवर्तनबारे सुझाव दिन बीमक र सर्वसाधारणसँग अनुरोध गरेको छ।

एजेन्सीको सहयोगमा

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...