back

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार आफैंले बिजनेस गर्ने नभई निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्ने बताएका छन् ।

लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आफैंले व्यापार व्यवसाय नगरेर निजी क्षेत्रलाई लगानी गर्नका लागि नीतिगत रूपमा सहजीकरण गरिदिने बताएका हुन् ।

‘सरकार आफैं बिजनेस गर्दैन, निजी क्षेत्रलाई लगानी गर्न दिने हो, त्यसैले पनि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गर्ने निर्णय गरको हो, विभिन्न विदेशी कम्पनीले लगानीका लागि इच्छा देखाइसकेका छन्, हामीले सहजीकरण गरिदिने हो,’ उनले भने ।

उनकाअनुसार लगानीकर्ताले नाफा खोज्ने भएकोले कुनै पनि शासन प्रणाली वा बादले कुनै फरक नपार्ने तर्क राखे ।

उनले फरक–फरक शासन प्रणाली भए पनि भारत र चीनमा विदेशी लगानी राम्रै आइरहेको उदाहरण सुनाए ।

‘कुन देशमा कस्तो किसिमको पनि शासन प्रणाली वा बाद छ भन्ने विषयले लगानीलाई फरक पर्दैन, लगानीकर्ताले आफूले लगानी गरको पुँजीको नाफा हेर्ने हो, प्रतिफल छ वा छैन भन्ने विषय प्रमुख हो, यस विषयमा धेरै शंका गर्ने भन्दा पनि नेपालमा पनि लगानीकर्ता आइरहेका छन्, विस्तारै बजार बढ्छ, हामीले नीतिगत सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘लगानीकर्तालाई उत्साह दिने वातावरण सिर्जना गर्ने हो ।’

उनले तेस्रो सम्मेलन सफल हुने विषयमा आफू विश्वस्त रहेको बताए । विगतका सिकाइबाट पनि यो सम्मेलन सफल हुने उनको दाबी छ ।

‘नेपालको जनशक्ति, प्राकृतिक स्रोत र प्रतिस्पर्धा क्षमतालाई हेरेर काम गर्छौं, जलविद्युतलाई प्राथमिकता दिँदै आएका छौं, त्यसमा लगानी पनि राम्रै आइरहेको छ, अहिले विभिन्न देशका मल्टिनेश्नल कम्पनीले पनि सहभागी हुने ग्यारेन्टी गरेका छन्, त्यसले हामीलाई टेवा नै पुग्छ,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...