back

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै लघुवित्तले गत वर्षको चैतको तुलनामा ३०.३४ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो ।

चैत समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको खुद फि तथा कमिसन आम्दानी ४८ प्रतिशत घटेर १ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेर १९ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ३० प्रतिशत बढेर १६ करोड १ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघवित्तको चुक्ता पुँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४४.१२ प्रतिशत बढेर २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटि ४.६१ पतिशत घटेर ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा लगानी १.८० प्रतिशत घटेर ६ अर्ब ५९ करोड रुपैयाँ छ ।

चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २.६४ रुपैयाँ बढेर १५.८३ रुपैयाँ छ । यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.१ गुणा र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) १.६२ प्रतिशत बढेर २.९९ प्रतिशत पुगेको छ ।

यसअवधिमा लघुवित्तको आधार दर ११.०२ प्रतिशत, इन्ट्रेस्ट स्प्रेड रेट २.३ प्रतिशत र कस्ट अफ फण्ड १०.१६ प्रतिशत छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...