back
himalayan life

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आईतबार बिहानबाट मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु भएको छ ।

यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए ।

सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए ।

मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ ।

लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...