back
nactional

आमा, तिमी यति कठोर कसरी ?

कसले भन्छ आमा कोमल मनका मात्रै हुन्छन् भनेर? अहँ म यो मान्न तयार छैन, मैले मेरी आमालाई कोमल भन्दा ज्यादा कठोर देखेकी छु । अझ भनौ मेरी आमामा कोमलत्वको भावना नै देखेकी छैन ।

मेरी आमाले सृष्टिको नियम मान्न जन्मदिने बाऊ–आमा छोडेर मेरो बाऊको घर आईन् । सृष्टिको नियम मान्दै गर्दा उनले आमाको आँशु केही मानिनन् । हेर्नुस् त मेरी आमा कति कठोर ! म त सक्दीन त आमा तिमीलाई छोडेर कतै टाढा जान !

आमा बाऊ छोड्ने कुरा त परैको भयो, श्रीमानको लागि सिन्दूर, चुरा, तिलहरी र रातै कपडा लाएर आफ्ना रहरको पहिरनहरुलाई यति सजिलै श्रद्धान्जलि दिन न हिच्किचाउने तिम्रो मनलाई यो समाजले कसरी भन्यो कोमल मनले भरिएको हुन्छ आमाको मन ?

मेरो बाऊलाई सर्वस्व ठानेर मेरो बाऊको घर आएकी मेरी आमा फेरी बाऊलाई कसरी विदेश पठाउन सकेकी ? अब भन्नुस् त पाठक मित्र म कसरी भनुँ मेरी आमा कोमल छिन् भनेर?

मलाई त दुईओटा कापि र कलम भरिएको झोला बोक्न पनि कति ग्राहो हुन्छ, तिमीले त पेटमा ३–४ केजीको हामीलाई नौँ महिनासम्म कसरी राखेकी ? म त त्यो कापि किताबको झोला बोकेर स्कुल जाँदा रुदैँ जान्छु त । आमा तिमी त कति कठोर, अप्ठारो हुँदा विसाउन समेत नमिल्ने तीन चार केजिको भारी भेटमा बोकेर घाँस काट्न जाँदा पनि हाँसि हाँसि जाने ?

म त छुस्स काँडाले कोतार्दा, थोरै ठेस लाग्दा पनि सहनै सक्दीन । अरु त परैको कुरा हो कपाल कोर्दा कपालको जरा दुख्यो भनेर रुन्छु । तिमीले कतै घुमाउन लैजान्छु वा केही मिठो खानेकुरा दिन्छु नभनेसम्म म त रोहीरहन्छु त आमा, अनि तिमी कति कठोर ! मृत्यु सँग भिडन्त गर्दै प्रसव पिंडा सहेर पनि सन्तानको मुख हेर्दा साथ मुस्कुराउँछेऊ ।

मलाई त खानेकुरा देख्नासाथ मुख रसाउँछ तर तिम्रो मुख कसरी सुख्छ र तिमी आफुले नखाई नखाई पटुकीमा कसेर सन्तानका लागि लिईदिन्छिऊ ?

तिमी कति कठोर हौ आफ्नै आत्मा मार्न सक्ने ?
आफु भोको बसेर, झुक्रो लगाएर सधै सन्ताको लागि सोच्न सक्ने ।

तिमी कति कठोर हौँ आमा ! सन्तानको लागि दुस्मनले ताकेको गोली आफ्नो छातिमा थाप्न सक्ने ? कतै पढेको थिए आमा भगवान् हुन् भनेर । अनि मैले भगवान् भनेर अहिलेसम्म ढुङ्गालाई मान्ने गरेकी छु । तिमी ढुङ्गा जस्तै छौँ, सानातिना चोटहरुले फुटाउनै नसक्ने । यदि तिमी त्यहि भगवान् जस्तो हुँदैन थियौँ भने आज तिमी रहने थिईनौँ । ढुङ्गा टुक्रियको बालुवा जस्तै सेतो खरानि बनेर तिम्रो अस्तित्व हरण हुने थियो ।

आमालाई धर्तिको अर्काे रुप मानिन्छ । आमा साच्चै दुरुस्तै यहि धर्ति जस्तै हुन्छन् । कठोर ! सन्तानले कुल्चदा, लातले हान्दा, होहल्ला गर्दा , छातिमै दिसा पिसाव गरिदिँदा पनि सहन सक्ने ।

आफुले त्यति गरेको हुर्काएका सन्तान ठुला भएपछि बुहारी र ज्वाईलाई सुम्पिन सक्ने तिमी कति कठोर ? कसरी सक्यौ तिमीले आफ्नो सन्तान काखबाट छुटाएर स्कुल लखेट्न? घर परिवार र आफ्नो समाज छुटाएर सहर उच्च शिक्षा हाँसिल गर्न ? अनि कसरी सक्यौ छोरालाई कमाउन जा भन्न अनि छोरीलाई अर्काको घर आफ्नो बनाउँन जा भन्न ? के म अझै पनि तिमीलाई कोमल छेऊ भनेर मानुँ ?

अँह म मान्दिन आमा कोमल हुन्छन् भनेर । मैले आमालाई कहिलै कोमल देखिन । आफ्नो पुरै जिवन त्यहि सन्ताको लागि बाँचेर बुढेसकालमा वृद्धाआश्रम जानु परेपनि हाँसी हाँसी जानेहरु कसरी कोमल भए?

आज मातातिर्थ औँशी । सबै आमालाई वास्तविक कोमल बन्ने शक्ति मिलोस भनि प्राथना गर्न चाहन्छु । यो समाजले आमाहरुको सहनशितलता रुपी सर्वाेशक्तिलाई कमजोरी ठानेर ‘कोमल मनको प्राणी’ को उपमा दिएर सधै शोषण गरिरह्यो । तर अब वास्तविक भन्दा धेरै परको, बनेको भन्दा पनि बनाईएको यो कोमल बाट वास्तविक कोमल बनुन् आमाहरु । आफ्ना हक र अधिकारको लागि लड्न सकुन ।

छोराछोरीको नाममा जन्मीएका कैयौँ कुपुत्र–कुपुत्रीको लागि हाँसी हाँसी घर छाडेर वृद्धाआश्रम जान तयार हुने आमाहरु कोमल बनुन । आजिवन लाएर कमाएको घर छाडेर हिड्न सक्ने त्यस्तो कठोर मन कोमल बनोस् । सम्र्पुर्ण आमाहरुमा नमन, मातातिर्थ औशिको शुभकामना ।

२०७८ वैशाख २८ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

वि.सं.२०८३ साउन २७ बुधवार १८:४७

आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

मक्का सम्झौता र भू–राजनीतिक तरङ्ग

मक्का सम्झौता र भू–राजनीतिक तरङ्ग

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२७

साउदी अरबको पवित्र सहर मक्कामा हालै साउदी अरब, टर्की र...