back

कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

भेरीगङ्गा । कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।’

जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् । तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा दिँदै आएको छ ।

जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए । निर्देशक कर्णले ‘यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।’ कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले औँल्याए । रासस

nactional life
Corporatebazar 11 Anniversary

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:४१

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र...

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४

काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक...

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको...

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५६

रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला...

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

वि.सं.२०८३ वैशाख २३ बुधवार १६:२०

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले...