back
himalayan life

प्याकेजमा आधारित उत्पादन प्रणाली मार्फत कृषि आधुनिकीकरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र खाद्यान्न आत्मनिर्भरताका लागि प्याकेजमा आधारित उत्पादन प्रणाली लागू गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्दै सरकारले कृषिलाई सम्मानजनक र उद्यमशील पेशाका रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवद्र्धन गर्ने जनाएको हो ।

सरकारले यान्त्रीकरण, डिजिटल प्रविधि तथा एग्रिटेकमार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिने नीति लिएको छ । विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग जोडिने तथा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने उल्लेख गरिएको छ ।

प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनुअघि नै तोकिने र त्यसको प्रभावकारी कार्यान्वयन गरिने सरकारको योजना छ । समर्थन मूल्यको भुक्तानी प्रणालीलाई डिजिटल बनाइ रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ । न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत दिइनेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई थप सक्षम बनाइने नीति लिइएको छ ।

सार्वजनिक–निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी उत्पादनपछिको क्षति न्यूनीकरण तथा आपूर्ति शृङ्खला सुदृढ गरिनेछ । गुणस्तरीय तथा विशिष्ट पहिचान भएका कृषि उत्पादनलाई भण्डारण, ब्रान्डिङ र बजारीकरणमार्फत निर्यात प्रवद्र्धन गरिने सरकारको लक्ष्य छ ।
भूमि बैंक प्रणालीमार्फत बाँझो जमिन उत्पादनमा ल्याइने, किसान परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण वित्त पहुँच विस्तार गरिने तथा करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ ।

यस्तै, जैविक मलमा अनुदान, रैथाने बाली संरक्षण, पशुपालन व्यवसाय सुदृढीकरण र पशु रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिने नीति सरकारले अघि सारेको छ । वन क्षेत्रतर्फ जडीबुटी, आयुर्वेदिक औषधि, कार्बन व्यापार र वनमा आधारित उद्योगमार्फत अर्थतन्त्रमा योगदान बढाउने लक्ष्य राखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

वि.सं.२०८३ असार १५ सोमवार १६:५३

काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस...

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...