back

तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

सुर्खेत । वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले तरकारी परिक्षणमा कडाई गरेको छ । दिनहुँ नगरपालिकामा बिषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीबासीको भान्सामा पुग्ने गरेका छन् । वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा पनि तरकारी निर्यात हुने भएकाले यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले परिक्षणलाई तीब्रता दिएको छ ।

वीरेन्द्रनगरमा भित्रिएका तरकारीहरुमा अत्यधिक बिषादी प्रयोग भएको पाइएको छ । दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएपछि यसले सरोकारवालालई चिन्तित बनाएको छ । यो मात्राको बिषादी छुँदा पनि स्वास्थ्यमा असर पर्न सक्ने कृषि प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीले बताए । ‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिंधै विष सेवन गर्नु सरह हो,’ उनले भने ।

बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेत जिल्लाबाटै कृषि बजारमा भित्रिएको काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ । ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर नष्ट गर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ । विषादी छरेको केही दिनमै बजार पुग्ने यस्ता तरकारीले मानव स्वास्थ्यमा मन्द विषको काम गरिरहेको छ ।

विशेष गरी अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मृर्गौलामा गम्भीर असर पुर्याउँछ । दीर्घकालीन रूपमा यसले क्यान्सर जस्तो असाध्य रोग निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्दै आएको छ । एक हप्तामा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा बिषादीको मात्रा नाघेको धामीले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४७

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

सहकारी नियमनमा नयाँ मोड: दर्ता नभएका संस्थालाई समयावधि तोक्ने अधिकार प्राधिकरणलाई

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:३२

काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेपछि...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:१८

काठमाडौं । देशभरका समस्याग्रस्त सहकारीबाट पीडित बचतकर्ताहरूले करिब ४० अर्ब...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...