नेप्से २१ सय अंक नाघ्यो, कारोबार पनि बढ्यो : कुनको कती भयो कारोबार?
वि.सं.२०८० माघ १५ सोमवार
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २१ सय अंक नाघेको छ । आज (सोमबार) १०.२६ अंकले बढेसँगै परिसूचक २१०४ अंकमाकायम भएको हो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोड रुपैयाँबराबरको भयो ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ को घट्यो भने ११ को स्थिर रह्यो ।
अन्य समूह सबैभन्दा धेरै १.६४ प्रतिशत बढ्यो भने हाइड्रोपावर १ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७४, उत्पादन २.१८ र निर्जीवन बीमा १२.५६ अंक घटे । विकास बैंक २, फाइनान्स ९, होटल तथा पर्यटन ६, हाइड्रोपावर २८, जीवन बीमा ७७, उत्पादन २६, अन्य २८ र ब्यापार समूह १२ अंक बढे ।
युनियन हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
विन्ध्यबासिनी हाइड्रोपावरको ८.७, अपर स्याङ्गेको ८.४ प्रतिशत मूल्य बढ्यो ।
माहुली लघुवित्तको मूल्य ३.४, चन्द्रागिरि हिल्सको मूल्य २.७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनीक्रमशः अगाडि रहे ।
प्रकाशित समय : १५:४० बजे





















