back
nactional

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा राख्दै आएको नेपाल राष्ट्र बैंकले भारी मात्रामा ब्याजदर कटौति गरेको छ ।

आज ( शुक्रबार) केन्द्रिय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा १ प्रतिशत विन्दुले कटौति गरेको हो ।

बजारमा अन्तरबैंक ब्याजदर एवम् अल्पकालिन ट्रेजरी बिल्सको बट्टादर १ प्रतिशत हाराहारीमा झरेपछि केन्द्रिय बैंक आफ्नो ब्याजदरको नीतिबाट पछाडी फर्किन बाध्य भएको हो ।

बजारमा अधिक तरलता बढ्दै गएको अवस्था छ । राष्ट्र बैंकले १ प्रतिशत ब्याज दिने गरी निक्षेप संकलन गर्नुपर्ने अवस्था आएको छ ।

यस घटनाले केन्द्रिय बैंकको ब्याजदर करिडोर नीति नै असफल भएको देखाएको थियो । फलस्वरुप राष्ट्र बैंकले ब्याजदर करीडोरलाई पहिलेभन्दा फराकिलो बनाउँदै नीतित दर १ प्रतिशत विन्दु घटाएको हो ।

‘विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी’ यस प्रकारको निर्णय लिएको प्रष्टोक्ति केन्द्रिय बैंकले दिएको छ ।

हाल ७.५ प्रतिशत रहेको बैंक दर अव ५० आधार विन्दु (०.५ प्रतिशत विन्दु) घटाएर ७ प्रतिशत बनाइएको छ । यो ब्याजदर बैंकहरुले एक रातका लागि तरलता व्यवस्थापन गर्नुपर्दा जुनसुकै बेला पैसा निकाल्न सक्ने ‘स्थायी तरलता सुविधा’का निम्ति लागू हुने छ ।

नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत बनाइएको छ । यो दर भने राष्ट्र बैंकले रिपोमार्फत् बैंकहरुलाई तरलता अर्थात् थप नगद प्रवाह गर्नुपर्दा लागू हुन्छ ।

बैंकहरुमा भएको अधिक तरलतालाई राष्ट्र बैंकले खिँच्नुपर्दा केन्द्रिय बैंकले बाणिज्य बैंकहरुलाई दिने ब्याजदर भने डेढ प्रतिशत विन्दुले घटाइएको छ ।

निक्षेप संकलन बोलकबोल दर भनिने यस प्रकारको दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशतमा झारिएको छ । यसैलाई ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् ‘फ्लोर’ भनिन्छ । अव बैंकहरुले साढे ५ प्रतिशतमा राष्ट्र बैंकबाट तरलता प्राप्त गर्न सक्ने अवस्था बनेको छ । यसले निक्षेपको ब्याजदर थप घटाउन मद्दत मिल्ने छ । त्यसको स्वतः असर कर्जाको ब्याजदर घटाउनमा पनि पर्ने छ ।

निजी क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकले यस प्रकारको नीति लिएको हो । तर बैंकहरुलाई लगानीयोग्य पूँजी सिर्जनामा तलमाथि पार्ने तरलता सीमाहरु भने यस पल्ट नबदलिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

‘अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ’, समीक्षामा भनिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...