back

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

nactional life

काठमाडौं वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन्

सचिव दुवाडीले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममाराज्यमाथि अतिरिक्त व्ययभार हुन नहुने तथा उपभोक्तामाथि पनि अन्याय गर्न नहुने बताए

नेपाल एलपी ग्यास उद्योग संघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा सचिव दुवाडीले भने, “राज्यकोषमा भार नपर्ने तथाजनताले पाउने सुविधामा कटौती नगरी सबैखाले सुधार गर्न सरकार तयार

उद्योगी व्यवसायीको पीरमर्का बुझ्ने माथिल्लो निकाय भनेकै आफ्नो मन्त्रालय रहेको उल्लेख गर्दै सचिव दुवाडीले देशमा व्यवसाय गर्नेवातावरण  भन्ने अवस्था सिर्जनाका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाए

संस्थागत सुशासनको क्षेत्रमा सुधार गर्ने तथा जनतासँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउँदै सचिव दुवाडीले ग्यासउद्योगीले मापदण्डअनुसार ग्यास सिलिण्डरको गुणस्तर कायम राख्न तथा निर्धारित तौलअनुसारका ग्यासमात्र बिक्री गर्नुपर्ने बताए

भेटमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आगलागीजस्ता घटनामा कुनै अध्ययन अनुसन्धान नगरी ग्याससिलिण्डरका कारण दुर्घटना भएको भन्नेजस्ता अफवाह फैलाइने गरिएका कारण बिमामा समस्या हुनथालेको बताए

अध्यक्ष घिमिरेले आगलागीका घटनापछि बिमाको लोभमा सिलिण्डर पड्किएर भन्ने कागजात बनाउन प्रहरी स्थानीय जनप्रतिनिधिकोमिलेमतो देखिएको भन्दै यस्तो विकृति  नियन्त्रण गर्नुपर्ने बताए

ग्यास प्रयोग सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि सरकार व्यवसायीबीच यसअघि भएको सहमति कार्यान्वयन हुनुपर्ने संघकोमाग

भेटमा संघका पूर्वअध्यक्ष सावरमल अग्रवाल, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, सचिव अमित अग्रवाललगायत सहभागी थिए  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...