बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बीच बिवाईडि ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंक र कम्पनी बीचको यो सम्झौतामा बिवाईडि ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।
यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् ।कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् ।

प्रकाशित समय : १२:४२ बजे