back
himalayan life

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

मर्जरले खराब कर्जा किन बढायो?

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय बृद्धिमा योगदान पुगोस् भनेर मर्जरको प्रक्रिया अघि सारिएको थियो । तर ठूला बैंकहरु बीच ‘बीग मर्जर’ पछिका वित्तीय विवरणले भने नराम्रो झड्का दिन थालेको छ ।

सुरुआति विवरणहरु हेर्दा मर्जरमा गएका संस्थाहरुको हालत झनै खराब देखिएको छ । मूलतः उनीहरुको खराब कर्जाको दर बढेको छ र तिनीहरुसँग संभावित जोखिम धान्ने स्रोत (कर्जा जोखिमबापतको व्यवस्था) पनि कमजोर देखिएको छ ।

एनसीसी बैंकलाई विलय गराएपछि निकै ठूलो बैंकको रुपमा खडा भएको कुमारी अहिले सबैभन्दा धेरै निष्कृय कर्जाको भार बोकेर उभिएको छ । कुमारी बैंकको निष्कृय कर्जाको आकार कुल कर्जाको ४.७७ प्रतिशत पुगेको छ । हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, प्रभू र नबिल बैंक पनि ठूलो मात्रामा निष्कृय कर्जा बोकेर बसेको विवरणले देखाएको छ ।

केही वर्षअघि कृषि विकास बैंकको खराब कर्जा उच्च भएपनि निजी बैंकहरुको यति कमजोर अवस्था देखिन छोडेको लामै समय भएको थियो ।

विगतमा बाणिज्य बैंकहरुको निष्कृय कर्जाको अनुपात कुल कर्जाको २ प्रतिशतभन्दा कम नै रहँदै आएको थियो । तर अहिले औसतमै २.८ प्रतिशत कर्जा निष्कृय हालतमा पुगेको विवरण प्रकाशित भएका छन् ।

उक्त विवरणले बाणिज्य बैंकहरुद्वारा लगानी भएको कुल ऋणमध्ये झण्डै सवा खर्ब रुपैयाँभन्दा बढीको सावाँब्याज भुक्तानी रोकिएको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत सातासम्म बाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन् । त्यसको औसत दरमा हिसाब गर्दा १ खर्ब २० अर्बभन्दा धेरै रकम ‘खराब कर्जा’मा पुगेको देखिन्छ । त्यसमा पनि ठूलो मात्रामा ऋण परिचालन गरेका बैंकहरुकै बढी कर्जा जोखिममा देखिएकाले यो अंक स्वाभाविक रुपमा बढ्ने छ ।

कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

राष्ट्र बैंकले प्रकाशित गरेको गत जेठ मसान्तसम्मको बैंकहरुको मासिक विवरणलाई आधार मान्दा १ खर्ब २८ अर्ब २७ करोड रुयैयाँ कर्जा ‘निष्कृय’ सूचीमा गएको देखिन्छ । यसमा असारमा थपिएको कर्जाको गणना नै गरिएको छैन । यस आधारमा हेर्दा निष्कृय कर्जामध्ये सबैभन्दा ठूलो रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको देखिन्छ ।बैंकको कुल कर्जाको ४.३५ प्रतिशत कर्जा ‘निष्कृय’ हालतमा रहेको वित्तीय प्रतिवेदन प्रकाशित छ । त्यस आधारमा यो बैंकको झण्डै १४ अर्ब कर्जा जोखिममा गएको छ । कुल कर्जामा ‘खराब ऋण’को अनुपात सबैभन्दा धेरै भएको कुमारी बैंकसँग १३ अर्ब ८० करोडभन्दा धेरै निष्कृय कर्जा छ । ग्लोबल आईएमई बैंकको पनि साढे ११ अर्बभन्दा धेरै ऋणको भुक्तानी नियमित छैन ।

निष्कृय कर्जाको अनुपातमा दोस्रो नम्बर (४.५७ प्रतिशत)मा आउने हिमालयन बैंकसँग ११ अर्ब २५ करोडभन्दा धेरै खराब ऋण रहेको देखिन्छ । अलि अगाडी नै नेपाल बंगलादेश बैंक किनेको नबिलसँग अहिले पनि करीब ११ अर्ब निष्कृय कर्जा छ । प्रभू बैंकसँग १० अर्ब, लक्ष्मी सनराइज बैंकसँग सवा ७ अर्ब र राष्ट्रिय बाणिज्य बैंकसँग ७ अर्बभन्दा धेरै निष्कृय कर्जा रहेको छ ।

सबैभन्दा कम निष्कृय कर्जा रहेको स्याण्डर्ड चार्टर्डसँग १ अर्ब हाराहारीमात्रै यस किसिमको कर्जा देखिन्छ । एभरेस्ट, सानिमा, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल एसबीआई बैंकसँग पनि निष्कृय कर्जा अरु धेरै बैंकभन्दा कमै रहेको देखिएको छ ।

कुल कर्जामा निष्कृय कर्जाको अनुपात दाँज्ने हो भने एभरेस्ट बैंक सबैभन्दा बलियो देखिन्छ । एनआईसी एसिया बैंकले पनि झण्डै एभरेस्टकै दाँजोमा खराब कर्जाको आकार घटाएको छ । यी दुई बैंकसँग कुल कर्जाको ०.८ प्रतिशत हारहारीमात्रै निष्कृय कर्जा छन् । स्ट्याण्डर्ड चार्टर्ड र सानिमा बैंकको निष्कृय कर्जा पनि कुल कर्जा रकमको २ प्रतिशतभन्दा कम नै छ ।

बाणिज्य बैंकहरुको निष्कृय कर्जा अनुपात, गत जेठ मसान्तको कुल कर्जा र त्यस आधारमा तयार पारिएको निष्कृय कर्जाको आकार (रकम रू. दश लाखमा):

मर्जरले खराब कर्जा किन बढायो?

विवरणहरु हेर्दा मर्जर वा प्राप्तीमा नगई स्वाभाविक विस्तारमा ध्यान दिएका संस्थाहरु बढी प्रभावकारी रुपमा चलेको देखिएको छ । ठूला संस्थाहरु गाभिएर बनेका बैंकमा भने ऋण नउठ्ने समस्या बढी भएको देखिएको छ । यसलाई कतिपय बैंकरले भिन्नभिन्न हुर्काई (स्कुलिङ)बाट आएका कर्मचारीहरुको कार्यशैली मेल नखानु र समन्वय नहुनुले यस खाले परिणाम दिएको बताउँछन् ।

त्यसबाहेक मर्जर वा प्राप्तीमा अधिकतर समस्यामा भएका संस्थाहरु संलग्न भएका कारण त्यस्ता संस्था सकार्ने बैंकहरुको सिंगो वित्तीय विवरण अहिले प्रभावित भएको बैंकरको बुझाई छ । हुन पनि एनसीसीलाई गाभेपछि कुमारी बैंकको खराब कर्जा १.११ प्रतिशतबाट साढे तीन गुणा बढेको देखिन्छ । सिभिल बैंकलाई प्राप्त गर्नु अघि १.५९ प्रतिशत रहेको हिमालयन बैंकको निष्कृय कर्जा अहिले साढे ४ प्रतिशत नाघेको छ । १.४९ प्रतिशत खराब कर्जा भएको नेपाल इन्भेष्टमेण्टमा मेगा बैंक मिसिएपछि अहिले ४.३५ प्रतिशत पुगेको छ ।

तर ‘बीग मर्जर’मा नगएका एभरेस्ट, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, सिद्धार्थ, माछापुच्छ्रे, नेपाल एसबीआई, कृषि विकास र एनएमबीजस्ता बैंकको निष्कृय कर्जाको आकार अहिले पनि न्यून अवस्थामै छ ।

यसले विद्यमान आर्थिक समस्याहरुको सिकार भएर बैंकको खराब कर्जा बढेको हो भन्ने बैंकरहरुको ‘औपचारिक तर्क’माथि चुनौती खडा गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...