back
himalayan life

ग्लोबल आइएमई बैङ्कबाट एकै पटक ४ हाकिमसहित २८ जनाको अवकाश

काठमाडौं । ग्लोबल आइएमई बैङ्कले कर्मचारीको लागी निकालेको स्वैच्छिक अवकाश योजनामा २८ जनाले आवेदन दिएका छन् ।

अवकाश राेज्नेमा तत्कालीन बैङ्क अफ काठमाण्डूका २७ जना र ग्लोबल बैङ्कका १ जनाले आवेदन दिएका छन् ।

गत पुस २५ गते ग्लोबल आइएमई बैङ्कले बैङ्क अफ काठमाण्डूलाई अक्वायर गरेपछि पहिलो पटक कर्मचारी स्वैच्छिक अवकाश योजना ल्याएको हो । सो योजना हिजो साउन २२ गते सोमबार सकिएको बैङ्क स्रोतले बताएको छ ।

बैङ्कको भीआरएसमा २८ जना कर्मचारीहरूले आवेदन दिएका छन् । बैङ्क स्रोत अनुसार १ जना डिजीएम र ३ जना एजीएमसहित  २८ जना कर्मचारी भीआरएस अप्लाइ गरेका हुन् । ‘बैङ्कले ल्याएको भीआरएस सोमबार सकिएको छ, सो अवधिमा डीजीएम र एजीसहित २८ जना कर्मचारीहरूले अप्लाइ गरेका छन्’ बैङ्क स्रोतले भन्यो ।

बैङ्क अफ काठमाण्डूका उच्च तहमा रहेका कर्मचारीले मात्रै अवकाश रोज्नुमा बैङ्कभित्र ग्लोबल समूहको वस्चर्स्व रहेको बुझ्न सहिन्छ । बैङ्कले अवकाश रोज्ने कर्मचारीलाई सेवा अवधिको आधारमा ८ महिना देखी २० महिनाको तलब सुविधा दिन लागेको छ ।

बैङ्कका डिजिएम दीपक गाैतम, कर्पोरेट बिजनेस प्रमुख अनिल श्रेष्ठ, जनरल सर्भिसका प्रमुख कमलराज पाठक, बैङ्कको रिटेल एन्ड कर्पोरेट प्रमुख सन्तोष प्रधानले पनि अवकाश रोजेका छन् । अवकाश रोज्ने ४ जना हाकिम साबिक बैङ्क अफ काठमाण्डूका पूर्व कर्मचारी हुन् ।

बैङ्क अफ काठमाण्डूलाई २०७९ पुस २५ गतेदेखि अक्वायर गरेको ग्लोबल आइएमईले मर्जरको ७ महिनापछि कर्मचारीलाई बिदाइ गर्न लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...