खप्तड लघुवित्त धौलागिरी लघुवित्तमा गाभियो, २० गतेदेखि एकिकृत कारोबार
वि.सं.२०८० असार १३ बुधवार
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । यि दुई संस्थाहरु गाभिएर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।
दुई संस्थाहरु गाभिएर बन्ने धौलागिरी लघुवित्त वित्तीय संस्थाले आगामी २० गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्ने केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
प्रकाशित समय : १३:४७ बजे





















